बारामा सत्ता गठबन्धनको चुनावीसभा आज


बारा, ७ वैशाख । सत्तारुढ पाँचदलीय गठबन्धनले आज बारा निर्वाचन क्षेत्र नम्बर २ को महागढीमाईस्थित बरियारपुरमा चुनावीसभा गर्दैछ ।

गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको बारा २ मा चुनावी सभा गर्न लागिएको हो ।

चुनावीसभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर लगायत गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय रहेको छ ।

पाँचदलीय गठबन्धनको आयोजनामा हुने सभा बिहानको ११ बजे सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार