एसी मिलान १६ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश


एजेन्सी, ६ बैशाख । एसी मिलान १६ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा नेपोलीसँग १–१ गोलको बराबरी खेलेसँगै ऊ डेढ दशकपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपोलीविरुद्ध मिलानले समग्रमा २–१ को जित निकाल्यो । गएराति डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा सम्पन्न खेलमा मिलानका लागि ओलिभर जिरुडले गोल गरे । २२ औँ मिनेटमा पेनाल्टीमा चुके पनि यनले ४३ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

८२ औँ मिनेटमा केभिचा कभरात्केलिया पेनाल्टीमा चुक्दा नेपोली बराबरी गर्न चुक्यो । इन्जुरी समयमा भिक्टर ओसिमहेनले गोल गरे पनि नेपोली अन्तिम चारमा पुग्न पर्याप्त भएन ।

पहिलो लेगमा मिलान १–० ले विजयी भएको थियो । मिलानले सेमिफाइनलमा इन्टर मिलान वा बेन्फिकाबीचको विजेताविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार