राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना


काठमाडौं, ६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि पुनः त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेर उपचार थालिएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था असहज भएकाले अस्पतालमा भर्ना गरिएको शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले जनाएका छन् । उनले जनाए अनुसार चिकित्सकहरूले उपचार जारी राखेका छन् ।

राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ । उनी सोमबार पनि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गएका थिए । त्यसबेला अल्ट्रासाउण्डको सहायताले पानी निकालेर परीक्षण गरिएको थियो ।

विशेषज्ञ चिकित्सकले जनाए अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ । तर सोमबार राष्ट्रपति पौडेलको छातीको तल्लो भागबाट निकालिएको पानी परीक्षणको रिपोर्ट बारे खुलाइएको छैन ।

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल चैत १८ गते पनि पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार