उपप्रधानमन्त्री खड्कालाई कानुन मन्त्रालयको पनि जिम्मेवारी


काठमाडौं, ५ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालिआएको सो मन्त्रालयको कार्यभार राष्ट्रपति पौडेलले मंगलबार उपप्रधानमन्त्री खड्कालाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार