चलचित्र ‘जारी’ले दुई दिनमा कमायो ४ करोड


काठमाडौं, ३ बैशाख । नेपाली चलचित्र ‘जारी’ ले घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको छ । नयाँ वर्षको दिन शुक्रबार प्रदर्शनमा आएको फिल्मले दुई दिनमा ४ करोड कमाइ गरेको हो ।

चलचित्रले पहिलो दिन २ करोड १५ लाख र शनिबार २ करोडभन्दा माथि व्यापार गरेको थियो । पहिलो सप्ताहन्त अर्थात् दुई दिनमै फिल्मको कुल कमाइ ४ करोड रुपैयाँभन्दा बढी भएको छ ।

काठमाडौंसहित विशेषगरी पूर्वी सहरका हलहरू शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शनमा आए । यसबाहेक पोखरा, चितवन, नारायणगढ, बुटवल, नेपालगञ्ज लगायतका सहरमा पनि फिल्मको ओपनिङ आक्रामक रह्यो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार