न्युजिल्याण्डमाथि पाकिस्तानको शानदार जीत


एजेन्सी, २ बैशाख । पहिलो टी–२० खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि ८८ रनको शानदार जीत हासिल गर्न सफल भएको छ ।

पाकिस्तानले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड मात्र ९४ रनमा सीमित बनेको हो ।

न्युजिल्याण्डका लागि मार्क च्यापम्यानले सर्वाधिक ३४ रन बनाए भने कप्तान टम ल्याथमले २० रनको योगदान दिए ।न्युजिल्याण्डलाई सस्तोमा समेट्न पाकिस्तानका ह्यारिस राउफले ४ तथा इमाद वसिमले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.५ ओभरमा अलआउट हुँदै १८२ रन बनाएको थियो । फकर जमान र सइम अयुबले समान ४७–४७ रनको योगदान दिए ।

न्युजिल्याण्डका लागि म्याट हेनरीले ३ तथा एडम मिल्ने र बेन लिस्टरले २–२ विकेट लिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार