उपसभापति अर्याल विमानस्थलबाट फर्काइए


काठमाडौं, २ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद (डिपी) अर्याल नेपाल वायुसेवा निगमको फ्लाइटबाट भारत जान लागेका बेला विमानस्थलबाट फर्काइएका छन् ।

पूर्वश्रममन्त्रीसमेत रहेका अर्याल शनिबार दिउँसो १ बजेर ४५ मिनेटको निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा थिए ।

विमानस्थलमा निगमका कर्मचारीले अर्याललाई नागरिकता देखाउन भन्दा उनले राष्ट्रिय परिचय पत्र मात्रै देखाएका थिए ।विमानस्थलका कर्मचारीले राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै अर्याललाई विमान चढ्नबाट रोकेका थिए ।

बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेपछि उपसभापति अर्यालले विमानस्थलका कर्मचारीमाथि आक्रोश पोखेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार