राष्ट्रपतिको प्रेस सल्लाहकारमा पोखरेल नियुक्त


काठमाडौं, २६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् ।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत रहेका पोखरेल राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पनि हुन् ।

राष्ट्रपति पौडेलले पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार