काठमाडौं, २५ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १७० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पिसिआर परिक्षण गरिएका १६८ जनामध्ये ४१ जनामा र एन्टिजेन परिक्षण गरिएका १ हजार २ जनामध्ये २३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ३५७ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै भेन्टिलेटर र आइसियूमा राख्नुपर्ने बिरामीको संख्या पनि बढ्दै गएको छ ।
अहिले ५ जनाको भेन्टिलेटर र ८ जनाको आइसियूमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


