उद्योग मन्त्रालयको बजेट खर्च न्यून : मन्त्री रिजाल


काठमाडौं, २५ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग मन्त्रालयको बजेट खर्च चालु आर्थिक वर्षमा हालसम्म न्यून रहेको बताएका छन् ।

मन्त्री रिजालले बजेट खर्च गर्नेमा उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनामा कमजोर बनेको बताएका हुन् ।

उनले मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको बताए । निर्यात व्यवसाय प्रबर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेकोसमेत उनले बताए ।

उनले निर्यात व्यवसायीहरुले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरे । नेपालका दुवै छिमेकी देशहरु ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्नु पर्ने आवश्यक रहेको मन्त्री रिजालको भनाइ छ ।

मन्त्री रिजालले व्यवसायीहरुको भूमिका आर्थिकस्तर बढाउन महत्वपूर्ण रहेको भन्दै देशको समृद्धिका लागि व्यवसायीहरुलाई हरेक सुविधा दिन सरकार तयार रहेको बताए ।

उनले निकट भविष्यमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रबर्द्धन झनै सहज हुने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार