अभिनेता पल शाह सुटिङका लागि मुस्ताङमा


काठमाडौं, २३ चैत । अभिनेता पल शाह म्युजिक भिडियो सुटिङका लागि मुस्ताङ पुगेका छन् ।

नाबालिग बलात्कार मुद्दामा एक वर्षसम्म जेल सजाय कटाएर शाह डेढ महिनाअघि जेलमुक्त भएका थिए ।

उनले तनहुँ कारागारमा एक वर्ष जेलजीवन बिताएका थिए । अदालतले सफाइ दिएपछि उनी म्युजिक भिडियोमा सक्रिय हुन थालेका हुन् ।

बिहीबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा म्युजिक भिडियोको छायांकन भएको छ ।

ऋषि खड्काको शब्द, स्वयं खड्का र अन्नु चौधरीको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा पललाई शनिसा भट्टराईले अभिनयमा साथ दिएकी छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार