बिहीबार ८५ नयाँ संक्रमित थपिए


काठमाडौं, २३ चैत । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ८५ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ हजार ४०२ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३५८ पुगेको छ । पछिल्लो २४ घण्टामा २७ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये ४ जना आइसियु तथा एकजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार