एजेन्सी, २३ चैत । मार्कुस रासफोर्डले गरेको एक मात्र गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १–० ले पराजित गरेको छ ।
बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा रासफोर्डले २७औं मिनेटमा मार्कोस सबितजरको पासमा गोल गरेका थिए ।
जारी सिजन लयमा रहेको रमसफोर्डको प्रिमियर लिगमा यो १५औं गोल भने समग्रमा सबै प्रतियोगितामा गरी २८औं गोल रहेको छ ।
युनाइटेडका प्रशिक्षक एरिक टेन हागले समेत गोलका लागि रासफोर्डमा धेरै भर परेको सत्य रहेको स्वीकारे ।
जितपछि युनाइटेड अंकतालिकामा शीर्ष चारमा उक्लिएको छ । युनाइटेड २८ खेलबाट ५३ अंकसहित चौथो स्थानमा रहेको छ । तेस्रो स्थानको न्युकासल समान अंक भएता पनि गोलअन्तरमा युनाइटेड पछि छ ।


