जनकपुरधाम, २३ चैत । धनुषामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३स्थित हरिहरपुर मोटरसाइकल चालक २२ वर्षीय युवराज महतोको रहेका छन् ।
बुधबार साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिहरपुरस्थित औरही पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८७७३ नम्बरको ट्रकले प्रदेश २–०२–००२ प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ भने घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।


