स्ववियू निर्वाचन नभएका कलेजहरूमा ३० गते गराउन सहमत


काठमाडौँ, २३ चैत । स्ववियू निर्वाचन हुन बाँकी रहेका कलेजहरूमा यही चैत ३० गते हुने भएको छ । यसका लागि विद्यार्थी सङ्गठनहरू सहमत भएका छन् ।

नेविसंघ, अनेरास्ववियु , अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच ३० गते चुनाव गराउन सहमति भएको हो ।

विद्यार्थी भर्ना लगायतका कारणबाट निर्वाचन हुन नसकेका कलेजहरूमा त्रिभुवन विश्वविद्यालयले सत्य तथ्य छानबिन गर्दै चुनावी प्रक्रिया अगाडि बढाउन भनेका छन् ।

विद्यार्थी सङ्गठनहरूको तालाबन्दी तथा अवरोधका कारण कतिपय कलेजहरूमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार