राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


काठमाडौं, २२ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत शनिबार पेटमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज भएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत शनिबार शिक्षण अस्पताल भर्ना भएका थिए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमुनि पेट र बायाँ कोखा दुख्ने समस्या भएको थियो । निको भएपछि बुधबार डिस्चार्ज गरिएको हो ।

राष्ट्रपति पौडेल अस्पतालबाट राष्ट्रपति भवन शीतल निवास गएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार