जनकपुरधाम, २१ चैत । धनुषा प्रहरीले मालपोत कार्यालय धनुषाबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको जनकनन्दिनी गाउँपालिका–४ बस्ने ५० वर्षीय राम बिनोद साह रहेका छन् ।
सोमबार दिउँसो करिब २ बजे साहले स्थानीय राम नारायण महतोको श्रीमती भुलिया देवीलाई जग्गा पास गराइदिन्छु भनि ६ हजार ९ सय रुपैयाँ घुस लिएका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले साहलाई नगदसहित मालपोत कार्यालयबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।


