तनहुँ, २० चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचन अन्तर्गत तनहुँको निर्वाचन क्षेत्र नम्बर–१ म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराएका छन् ।
तनहुँ क्षेत्र नम्बर–१ म उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा विश्वनाथ वास्तोला र समर्थकमा रूपक विक घिमिरे रहेका छन् ।
वाग्लेको उम्मेदवारी दर्ता गर्न रास्वपाका सभापति रवि लामिछाने पनि सोमबार तनहुँ गएका थिए ।


