बारा, २० चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचन अन्तर्गत बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् ।
एमालेका पुरुषोत्तम पौडेल, जसपाका उपेन्द्र यादव र नागरिक उन्मुक्ति पार्टीका डा. कमरुल्लाह अन्सारीपछि खरेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापश्चात् खरेलले आफुले जिते देशभरी यसैमा नीति बनाएर २ करोड ९२ लाख नेपालीलाई राहत दिन आफ्नो उम्मेदवारी रहेको बताए ।
उनले भने, ‘मधेसका नागरिकले राम्ररी शिक्षा पाएका छैनन्, म आफै सुरक्षा क्षेत्रमै अहोरात्र खटेर सम्पुर्ण योग्यता लिएको हिसावले बारा–२ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्नेछु ।’


