तनहुँ, २० चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि तनहुँको निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेको तर्फबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् ।
खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन् ।


