चर्च ब्वाइजले जित्यो जीतपुर सिमरा गोल्डकप उपाधि


सिमरा, १९ चैत । चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो सहभागितामै १३औं जीतपुर सिमरा गोल्डकपको उपाधि जितेका छन् ।

शनिबार राति भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–० ले चर्च ब्वाइज युनाइटेडले उपाधि जितेका हुन् ।

उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँ नगद र ट्रफी हात पा¥यो भने उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँ प्राप्त गर्न सफल भए ।

चर्च ब्वाइजलाई जीतपुर सिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाईंले गोल गरेका थिए ।

दश खेलाडीमा सीमित रहेरपनि चर्च ब्वाइजलाई शेर्पाले पहिलो हाफको अन्तिमसम्म चुनौती दिएको थियो ।

तर, खेलको ३५औं मिनेटमा मिलन राईले फ्रि किक गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर बनाउँदै जीत दिलाउन सफल भए ।

विधागत पुरस्कारतर्फ पनि जीतपुर सिमरा गोल्डकपको उपाधि विजेता चर्च व्वाईजकै बर्चस्व कायमै राख्न सफल भयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित भएका छन् । उनले टिभीएस राइडर मोटरसाइकल हात पार्न सफल भए ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका यूएस प्रिसो, डिफेण्डर फ्रयांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदीप हुमागाईं घोषित भए उनीहरूले समान २० हजार रुपैयाँ नगद प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशील राई घोषित भए । उनले २० हजार रुपैयाँ प्राप्त गरे ।

सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठ घोषित भए । उनले २० हजार रुपैयाँ नगद प्राप्त गरे ।

प्रतियोगिताको उदयमान खेलाडी नवजनजागृती यूवा क्लब सिमराका दिलीप माझी घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

अनुशासाशित टिमको ट्रफी हेटौंडाको मकवानपुर–११ ले हात पारे । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्रयांकलीन टाला घोषित भए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार