एसईईमा खटिएका वीपी कोइराला मावि सपहीका निरीक्षक यादव पक्राउ


जनकपुरधाम, १७ चैत । धनुषामा एसईई परीक्षामा खटिएका एक निरीक्षक पक्राउ परेका छन् ।

धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित वीपी कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ परेका हुन् ।

निरीक्षक यादवले कक्षाकोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराई आफ्नो मोबाइलमा पठाउन लगाएर बिद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि पक्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

जनता आधारभूत माध्यमिक विद्यालय बनिगामा लक्ष्मिनीयाँमा शिक्षक पदमा कार्यरत यादवलाई वीपी कोइराला माविको परीक्षा निरीक्षकमा खटाइएको थियो । परीक्षाको पहिलो दिन नै उनले मर्यादा विपरीतको काम गरेपछि पक्राउ परेका छन् ।

पहिलो दिन फेला परेको मोबाइल उनको रहेको पत्ता लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

परीक्षा निरीक्षकले नै मोबाइल प्रयोग गरी वाट्सअपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि बिद्यार्थीले उतार गरेको पाइएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार