यू–१७ महिला फुटबल टोली नेपाल फिर्ता


काठमाडौं, १६ चैत । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतमा भाग लिन बङ्गलादेश पुगेको नेपाली टोली नेपाल फर्किएको छ ।

नेपाली टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह तथा राष्ट्रिय महिला फुटबल टोलीकी म्यानेजर विन्दा देवानले विमानस्थलमा स्वागत गरेका थिए । बङ्गलादेशमा भएको प्रतियोगितमा साबिक विजेता नेपालको प्रदर्शन भने सन्तोषजनक रहेन ।

नेपाल चार खेलमा चार अङ्क जोड्दै नेपालले प्रतियोगिताको अन्त्य ग¥यो । ४ खेलमा नेपालले एकमा जीत हासिल गर्यो भने एकमा बराबरी र दुईमा पराजय बेहोर्यो ।

पहिलो खेलमा नेपाल भारतसँग पराजित बन्यो भने दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । तेस्रो खेलमा रुससँग हारेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग बराबरी गर्यो ।

प्रतियोगितमा आमन्त्रित टोली रुसले राउण्ड रोबिनको आधारमा खेलाइएको प्रतियोगिताको शीर्ष स्थानमा रहँदै उपाधि जितेको थियो । प्रतियोगितामा नेपालकी गोलकिपर सुजाता तामाङ उत्कृष्ट घोषित भइन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार