काठमाडौं, १६ चैत । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ–१ बाट गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपति बनेपछि हाल तनहुँ–१ रिक्त छ ।
आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।


