‘बहाव’ को सेन्सर पास


काठमाडौँ, १५ चैत । अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बहाव’ सेन्सरबाट पास भएको छ ।

चलचित्र सेन्सर बोर्डले फिल्म हेर्दै सबैले हेर्ने मिल्ने युनिभर्सल सर्टिफिकेट दिँदै सेन्सर पास गरेको हो । फिल्म सेन्सरबाट पास भएको निर्माता श्रीधर पौडेलले जनाएका छन् ।

चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा प्रमोद कँडेलको लेखन÷निर्देशनमा बनेको छ ।

सुरक्षाको अलावा फिल्ममा कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतकाले अभिनय गरेका छन् ।

सुजन बडालको सम्पादन रहेको फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्ममा परिवार भित्रको विद्रोहको कथा प्रस्तुत गरिएको जनाइएको छ ।

फिल्मको वितरक आरआर फिल्मस्ले लिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार