प्रियंका चोपडाले यसकारण हिन्दी फिल्म छाडिन्


एजेन्सी, १५ चैत । बलिउड अभिनेत्री प्रियंका चोपडाले एक अमेरिकी पोडकास्ट कार्यक्रममा हिन्दी फिल्म उद्योग छाड्नुको कारण यसरी खुलाएकी छन् ।

हिन्दी फिल्म उद्योगको राजनीतिबाट आफू वाक्कदिक्क भएको र त्यहाँको कामबाट समेत सन्तुष्ट हुन नसकेपछि छाडेकी बताइन् ।

अमेरिकी साप्ताहिक पोडकास्ट कार्यक्रम ‘आर्मचेयर एक्सपर्ट’का होस्ट ड्याक्स शेफर्ड र मोनिका प्याडम्यानसँगको कुराकानीमा उनले धेरै विषयमा कुराकानीसमेत गरिन् । बलिउडदेखि हलिउडसम्मको यात्रा, भारत छाडेर अमेरिका बस्ने निर्णय, निक जोनससँगको प्रेम सम्बन्ध, पुरुष कलाकारको तुलनामा कम पैसा पाउने जस्ता धेरै विषयमा प्रियंकाले आफ्ना अनुभव बाँडेकी छन् । अभिनयदेखि गायनसम्मको आफ्नो यात्राको बारेमा पनि विस्तृत कुरा गरिन् ।

बलिउडमा आफूले पाएको कामबाट सन्तुष्ट नभएको उनले दाबी गरिन् ।

सन् २०१२ मा ‘इन माइ सिटी’बाट गायन करिअर सुरु गरेकी प्रियंकाले सन् २०१८ मा अमेरिकी गायक तथा अभिनेता निक जोनससँग विवाह गरिन् र अमेरिकामै बस्न थालिन् । त्यसपछि उनी गत वर्ष आमा बनिन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार