नेपाल–भारतबीच नयाँ आयामहरू विस्तार हुन्छ : मन्त्री किराँती


काठमाडौं, १४ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयाम विस्तार हुने क्रममा रहेको बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल–भारतबीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभइ रेलमार्ग र जलमार्गको नयाँ आयामहरू विस्तार हुने बताएका हुन् ।

मन्त्री किराँतीले नयाँ आयाम सञ्चालनबाट नेपालको पर्यटन क्षेत्रमा थप वृद्धि हुने अपेक्षा गरेको बताए । उनले नेपाल–भारतबीचको नयाँ आयामले दुई देशबीचको प्राचिनकालीन सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरे ।

उनले यसले नेपाल र भारतका धार्मिक पर्यटकहरूका लागि थप उत्सुक बनाउने बताए । मन्त्री किराँतीले नेपाल–भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलाई चलायमान गर्ने प्रयास गरेको बताए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार