काठमाडौं, १४ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेल नेपालले आज भुटानसँग खेल्दैछ ।
नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुन जनाइएको छ ।
नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटान लाओससँग २–१ ले पराजित भएको थियो ।
जसकारणले नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले नै पर्याप्त हुनेछ । भुटानविरुद्ध जित वा बराबरीले नेपाल शीर्ष स्थानमा रहेर फाइनलमा पुग्नेछ । भुटानसँग २–० को हारले पनि नेपाल फाइनल पुग्ने निश्चित रहेको छ ।
यता लाओसको नजर पनि नेपाल र भुटानबीचको खेलमा हुने भएको छ । नेपालले भुटानलाई पराजित गरे बराबरी खेलेमा नेपालसँगै लाओस फाइनल पुग्नेछ भने फाइनल खेल आउँदो बिहीबार हुनेछ ।


