मन्त्रालयको भागबन्डा टुंग्याउन गठबन्धनको बैठक


काठमाडौं, १४ चैत । सत्ता गठबन्धन दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका नेताको बैठकबाट मन्त्रालय भागबन्डा टुंगो लगाउनका लागि आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेको थियो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने जनाइएको छ । बैठकबाटै नयाँ मन्त्रालयको भागबन्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने तयारी रहेको शीर्ष नेताहरुले जनाएको छ ।

बैठकबाट दलहरूबीच मन्त्रालयको भागबन्डा मिलेमा प्रधानमन्त्री प्रचण्डले आज नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी समेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसके पनि सत्तागठबन्धन आबद्ध दलहरु बीच भागबन्डामा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको हो ।

सत्ता गठबन्धनमा नेपापली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायत दल छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार