लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै


काठमाडौं, १३ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले बरिष्ठ नेता शरतसिंह भण्डारीलाई मन्त्री बनाउने भएको छ ।

सरकारमा जाने निर्णय गरेको लोसपाले भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको हो । गठबन्धनमा लोसपाले एउटा मन्त्रालय पाउने सहमति भएको छ ।

लोसपासँग चार सांसद छन् । उसले मधेस प्रदेश सरकार र संसदीय समितिमा पनि प्याकेजमै भागबण्डा खोज्ने तयारी गरेको छ ।

संघमा ऊर्जा मन्त्रालय दाबी गरेको लोसपाले ऊर्जा नपाए अर्काे कुनै विकासे मन्त्रालयमा दाबी गर्ने भएको छ । जुनै मन्त्रालय पाए पनि वरिष्ठ नेता भण्डारीलाई मन्त्री बनाउने तयारी भएको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरलले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार