पोखरा, १३ चैत । गण्डकी प्रदेशले चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारले चैते दसैंको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले एक सूचना जारी गर्दै चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकी छन् ।


