रूसको विरुद्धमा नेटो


एजेन्सी, १३ चैत । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) गठबन्धनले बेलारूसमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने रूसको विरुद्धमा उभिएको छ ।

नेटोले रुसको आणविक हतियारको घोषणालाई ‘खतरनाक र गैरजिम्मेवार’ भन्दै आइतबार यसको निन्दा गरेको हो ।

युक्रेनले छिमेकी बेलारूसमा सामरिक हतियार तैनाथ गर्ने मस्कोको योजनाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग पनि गरेको छ । रूसले गत वर्ष युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो भने उसका केही सैनिकले आफ्नो सहयोगी बेलारूसहुँदै सीमा पार गरेका थिए र किएभले यो कदमलाई ‘आणविक ब्ल्याकमेलिङ’ का रूपमा हेरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले आफ्नो आणविक शस्त्रागारको केही हिस्सा आफ्ना युरोपेली सहयोगीहरूको भूमिमा आधारित गरेको कदमको तुलना गर्दै प्रतिवाद गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार