नेपाल प्रहरीका आइजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न


काठमाडौं, १२ चैत । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आइतबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

कुँवरलाई सरकारले गत शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

दर्ज्यानी चिह्न लगाएसँगै आइजीपी कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताए । उनले प्रहरीले गर्ने राम्रा काम र विगतमा भएका त्रुटीहरू लुकाएर प्रशासन बलियो नबन्ने भएकाले प्रहरीमा सुधार आवश्यक रहेको बताएका हुन् ।

प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे । उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्पबिना काम गर्ने प्रतिबद्धता जनाए ।

प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानुनी राज्यको प्रत्याभूति दिलाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिने वचनबद्धता पनि व्यक्त गरे ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार