मधेशमा तोक्यो जनमत पार्टीले इन्चार्ज


जनकपुरधाम, १२ चैत । जनमत पार्टीले मधेशको ६ जिल्लाको इन्चार्ज चयन गरेको छ ।

अध्यक्ष सीके राउतले एक विज्ञप्ति जारी गर्दै पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज चयन गरेका हुन् ।

सो जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्जको जिम्मेवारी तोकिएको अध्यक्ष राउतले विज्ञप्ति मार्फत जनाएका छन् ।

पर्सा जिल्ला ईन्चार्जमा माधवप्रसाद सिंह, सहसंयोजकद्वय ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी चयन गरेका छन् ।

त्यस्तै रौतहटमा बृजकिशोर यादव, सर्लाहीमा श्रीचन राय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार