जनकपुरधामका एक वडाध्यक्ष र वडासचिव ५० हजार रूपैयाँ घुससहित पक्राउ


जनकपुरधाम, ८ चैत । अख्तियार दुरूयोग अनुसन्धान आयोगले जनकपुरधामका एक वडाध्यक्ष र वडासचिवलाई घुससहित पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–११ का वडाध्यक्ष अर्जुन चौधरी र सोही वडाका वडासचिव माधव रायलाई सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ स्थित रामजानकी अस्पताल नजिकबाट उनीहरू दुबैजनालाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

वडाध्यक्ष चौधरी र वडासचिव रायले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेको प्रवक्ता दाहालले बताए ।

दुबैजनालाई सेवाग्राहीको उजुरीको आधारमा अख्तियारको कार्यालय बर्दिवासबाट खटेको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार