सर्लाहीमा वित्तीय साक्षरता सम्बन्धि तालिम सम्पन्न


सर्लाही, ७ चैत । सर्लाहीको हरिपुर्वा नगरपालिकास्थित महुली लघुवीत्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।

सो संस्थाले मंगलबार हरिपुर्वा नगरपालिका वडा नम्बर–५ मा आफ्ना लघु कर्जाका ग्राहकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको हो ।

वडा नम्बर–२ र ५ मा गठित केन्द्रहरु ८१, ८८ र ९० का सदस्य, अभिभावक, स्थानीयबासीन्दाको सहभागितामा तालिम दिइएको सो संस्थाका शाखा प्रमुख अशोककुमार साहले जानकारी दिए । उनले वित्तीय शिक्षा प्रवद्र्धन र महिलाहरूको वित्तीय साक्षरता, ज्ञान र सीपहरूको विकास गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको बताए ।

वित्तीय साक्षरताको परिचय, आम्दानी, खर्चको पहिचान, बचत नै सम्पन्नताको आधार, ऋण र यसको प्रयोग, ग्राहकहरुमाथि हुने शोषण, पारिवारिक बजेट तथा व्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरुको विषयमा तालिम दिइएको छ ।

तालिममा एकल ग्राहक सदस्य, कर्जा सिमा तथा व्याज, बचतको प्रकार तथा व्याज, मोवाईल बैकिङ, निशुल्क बिमा सुविधा तथा शुल्क बिमा सुविधा, नियमित कारोवारको फाईदा तथा समयमा कर्जा नतिर्दाको बेफाईदाबारे छलफल गरिएको शाखा प्रमुख साहले जानकारी दिए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार