काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुअघि कांग्रेसले पार्टीभित्र छलफल गर्नुपर्ने बताएका हुन् ।
उनले न्यूनतम साझा कार्यक्रम तय गरी सत्ता साझेदार दलका बीचमा छलफल गराउनुपर्ने बताए । महरले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्नेमासमेत जोड दिएका छन् ।
मुलुकको आर्थिक अवस्था संकटोनुमुख हुँदै गएको र दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने मजदुरलाई जीविकोपार्जन गाह्रो भइसकेको भन्दै उनले यस्ता समस्या समाधान गर्ने गरी न्यूनतम साझा कार्यक्रममा बनाइनुपर्नेमा जोड दिएका हुन् ।


