विराटनगर, ७ चैत । कोशी प्रदेश नामाकरणको विरोधमा रहेका आन्दोलनकारीले नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास गरेका छन् ।
ताप्लेजुङमा माओवादी जिल्लास्तरीय बैठकमा सहभागी हुन गएका आङ्बोमाथि आन्दोलनकारीले फुङ्लिङ नगरपालिका तक्मेडाँडा छेउमा आक्रमणको प्रयास गरेका हुन् ।
आक्रमणबाट गर्दा उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ । आन्दोलनकारीले हत्या गर्ने चेतावनी दिँदै आङ्बोमाथि आक्रमण प्रयास गरेको बताइएको छ ।
बाटो ढुकेर बसेका प्रदर्शनकारीले एक्कासि ढुंगा हान्दै नाराबाजी गरेका थिए । यसअघि सोमबार पनि मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा ओखलढुंगामा आक्रमण प्रयास भएको थियो ।


