थाइल्याण्डका प्रधानमन्त्रीद्वारा संसद् विघटन


एजेन्सी, ७ चैत । थाइल्याण्डको संसद् सोमबार विघटन गरिएको छ । प्रधानमन्त्री प्रयुत चान–ओ–चाले देशको संसद् विघटन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्याण्डमा दोस्रो पटक निर्वाचनका हुन लागेको जनाइएको छ । संसद् विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्याण्डको राजपत्रमा प्रकाशित सूचनामा सोमबार नै उल्लेख गरिएको छ ।

सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्व सेना प्रमुख प्रयुतले एक दशकको निर्वाचनपछि स्वदेशमा फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी अर्बपति छोरीविरुद्ध प्रतिस्पर्धा हुने भएको छ ।

इता पेतोङ्टार्न सिनावात्राको नेतृत्वमा रहेको मुख्य विपक्षी फेउ थाई समूहले निर्वाचनमा सफलता हाँसिल गर्नका लागि कडा मेहनत गरिरहेको छ । तर थाइल्याण्डको सैनिक प्रशासन (जुन्टा) ले सन् २०१७ मा बनाएको संविधानका कारण पार्टीलाई शीर्ष पद सुरक्षित गर्न कठिन हुन सक्ने विश्लेषकहरू बताउँछन् ।

राजपत्रमा प्रकाशित एक विज्ञप्तिमा विघटनको घोषणा गरिएको र निर्वाचन आयोगले मतदानको मिति पछि पुष्टि गर्ने जनाइएको छ । निर्वाचन गर्ने सम्भावित मितिका रूपमा मे ७ वा १४ हुनसक्ने अड्कलबाजीहरु भईरहेको छ ।

सन् २०१४ मा भएको ‘कू’ पछि यो दोस्रो पटक निर्वाचन हुनेछ भने सन् २०२० मा बैङ्ककमा युवाको नेतृत्वमा भएको ‘प्रजातन्त्र पक्षधर’ प्रदर्शनले देशलाई हल्लाएपछिको यो पहिलो निर्वाचन हो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार