भारतीय प्रधानमन्त्री मोदी र जापानी समकक्षीबीच भेटवार्ता, जी–७ बैठकलाई निम्तो


एजेन्सी, ६ चैत । दुई दिने भ्रमणमा भारत आएका जापानका प्रधानमन्त्री फुमियो किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

दिल्लीको हैदराबाद हाउसमा भएको भेटमा किशिदाले मोदीलाई जी–७ बैठकलाई निम्तो दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले निम्तोका लागि आफ्ना जापानी समकक्षीलाई धन्यवाद दिएका थिए । मोदीले भने, ‘जापानका प्रधानमन्त्री फुमियो किशिदाले मलाई जी–७ समिटका लागि निम्तो दिनुभयो, जुन मे महिनामा हिरोशीमामा हुनेछ । म यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

किशिदाले प्रधानमन्त्री मोदीले आफ्नो निम्तो तुरुन्त स्वीकार गरेको जानकारी दिए । उनले फ्रि एन्ड ओपन प्यासिफिक (एफओआईपी) को नयाँ योजना घोषणा गर्ने जानकारी दिए ।

दुई नेताबीच अन्तर्राष्ट्रिय समुदायको समस्या र जी–७ र जी–२० बीच साझेदारी बढाउने विषयमा छलफल भएको बताइएको छ । त्यस्तै, पर्यटन, कार्बन उत्सर्जन घटाउनेलगायतका विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार