काठमाडौं, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा)नेपालबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
जसपाका कार्यकारिणी सदस्य रहेका यादवले चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए ।
जसपा अध्यक्ष उपेन्द्र यादवले उनको राजीनामा स्वीकृत गरेको पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ।
चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले सोमबार पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।


