काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विश्वासको मत दिने र सरकारमा पनि जाने पार्टीको निर्णय सुनाएका हुन् ।
सरकारमा रहेका र प्रतिपक्षमा रहेका दलहरुबीच राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका साथ अघि बढ्नुपर्ने सभापति देउवाले बताए ।


