सरकारले पाँचजना डीआईजीलाई एआईजी बनायो


काठमाडौं, ६ चैत । सरकारले पाँचजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो ।

गृह मन्त्रालयले आउँदो प्रहरी महानिरीक्षक चयन हुनु १५ दिनअघि पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

अहिलेको ३० बर्से सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाश पाउँदैछन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार