मोरबैता क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानल निर्वाचित


सिरहा, ६ चैत । सिरहाको सूर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघ प्यानलसहित निर्वाचित भएको छ ।

जनमत विद्यार्थी संघबाट सभापतिमा दीपेन्द्रकुमार यादव ६६ मतान्तरले निर्वाचित भएका छन् ।

उनले १९७ मत ल्याएर विजयी भए भने उनका निकटमत प्रतिद्वन्द्वी संयुक्त तीन दलीय विद्यार्थी गठबन्धनबाट सभापतिका उम्मेदवार अमितकुमार राय यादव १२१ मत मात्रै ल्याउन सके ।

जसपा, लोसपा र एकीकृत निकट विद्यार्थी युनियनको गठबन्धन गरेको थियो ।

त्यस्तै तेस्रोमा अनेरास्ववियु (अखिल)का उम्मेदवार धिराज यादव ८४, अखिल क्रान्तिकारीका सतिश मण्डल ७० र नेविसंघका नवरतन साह ४२ मत प्राप्त गरेका छन् ।

त्यस्तै जनमतबाट सचिवमा विवेककुमार मण्डल, कोषाध्यक्षमा सुस्मिताकुमारी सिंहसहित सदस्य पनि निर्वाचित भएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार