नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा विष्णु ढुंगेल


काठमाडौँ, ६ चैत । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका हुन् ।

सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू)ले संयुक्त उम्मेदवार ढुंगेलले एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङलाई पराजित गरेका हुन् ।

ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत प्राप्त भएको थियो । त्यस्तै सचिवमा नेविसंघका मनोज सिंह(६०१) र कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङ(४२३) विजयी भएका छन् भने ७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले जितेको छ ।

अनेरास्ववियुका समिर रिजाल, प्रियंका साउँद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोष कुमार गुप्ता सदस्यमा विजयी भएका छन् ।

गठबन्धन तर्फबाट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल गरेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार