आज प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिदैँ, यस्तो छ परिणाम


काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद जोगाउनलाई प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत प्राप्त गरेका थिए ।

तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

तर सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिए । जसकारणले प्रचण्डले पुनः विश्वासको मत लिन लागेका छन् ।

समर्थन गरेको दलले फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत आवश्यक छ ।

नेकपा एमाले, राप्रपा, नेमकिपा र एक जना स्वतन्त्र सांसद योगेन्द्र मण्डल विश्वासको मतको विपक्षमा छन् । भने अहिलेको सत्ता समीकरणको अवस्था हेर्दा प्रचण्डले विश्वासको मत सहजै पाउने देखिन्छ ।

नेपाली कांग्रेसका ८९ मध्ये ८६ मत (रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित, चन्द्र भण्डारी उपचारका लागि भारतमा र टेकबहादुर गुरुङमा निलम्बनमा परेका छन् ।)

त्यस्तै माओवादी केन्द्रका ३२ मध्ये ३१ मत (वर्षमान पुन उपचारका लागि चीनमा छन् ।)

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालका १२ मध्ये १० मत (रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेको र शहनाज रहमानको निधन भएको छ ) । भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० मध्ये १९ मत (सभापति रवि लामिछाने सांसद पदबाट मुक्त छन् ।)

त्यस्तै एकीकृत समाजवादीको १०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ४, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंह गरी २ मत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार