एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनीत


काठमाडौं, ५ चैत । नेकपा एकीकृत समाजवादी पार्टीले नेता घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको ५३ औँ सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो ।

त्यस्तै, महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले पार्टीको महासचिव पदमा कार्यरत बेदुराम भुसाललाई उपाध्यक्षमा र रिक्त महासचिव पदमा घनश्याम भुसाललाई मनोनयन गर्ने सर्वसम्मत निर्णय गरिएको बताए ।

बैठकले पार्टीका चारैजना उपाध्यक्षलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरिएको उनले बताए । उनले पार्टीका सबै उपाध्यक्ष अब केन्द्रीय सचिवालयमा रहने र सचिवालय सदस्य संख्या १९ पुगेको जानकारी दिए ।

भुसाल गत २९ पुसमा नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार