एजेन्सी, ४ चैत । भारतीय हास्य कलाकार कपिल शर्मा मनोरञ्जन जगतको निकै चर्चित नाम हो । उनी ‘द कपिल शर्मा शो’ को एउटा मात्रै शोको पनि लाखौँ पारिश्रमिक लिने गरेका छन् ।
केही समयमै कपिल शर्मा सबैभन्दा बढी कमाउने कलाकारमा समावेश भएका छन् । त्यसो भए के कपिल शर्माले अहिलेसम्म ३०० करोड कमाइसकेका छन् भने सोधिएको थियो । उनलाई एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीको क्रममा उनको कुल सम्पत्तिबारे प्रश्न सोधिएको थियो ।
कपिल चकित हुदैँ भने, ’यो प्रश्न सुनेर कपिल शर्मा सबैभन्दा पहिला त ३०० करोडको कुल सम्पत्तिमा चकित हुन्छन् र त्यसपछि भन्छन्, ‘मैले गुमाएको पनि त धेरै छु नि ।’
कपिलले अघि थप्दैँ भने, ‘मसँग के आइरहेको छ र के छैन भन्ने कुराले मलाई खासै फरक पार्दैन । म सोच्छु कि मसँग घर छ , गाडी छ, राम्रो छ ।’
उनले थप्दैँ भने ‘मेरो सोच अहिले पनि तलब आउने मान्छेको जस्तै छ । म आफ्नो लागि महँगो कुरा किन्दिनँ । मेरी श्रीमतीले ल्याउँछिन् भने छुट्टै कुरा हो । त्यो किनभने उनी पहिला देखि नै राम्रो परिवारकी थिइन् । तर म त्यस्तो होइन ।’


