काठमाडौँ, ३ चैत । निर्वाचन आचारसंहीतालाई मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित गरेको छ ।
उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बिहान साढे ११ बजे पार्टी कार्यालय बसुन्धारमा बैठक बस्ने तयारी गरिएको भए पनि आचारसंहितालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले जनाएका छन् ।
आज १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपा नेपालका रामसहायप्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झा उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् ।
जसपाबाट उम्मेदवारी दिएकी प्रमीला कुमारी यादवले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने छन् ।


