काठमाडौंँ, ३ चैत । गायक सचिन रौनियारको नयाँ गीत ‘मरिहत्ते’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतमा सन्तोष सुनारको शब्द र संगीत छ ।
गीतको भिडियोमा पनि गायक रौनियार आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा जोडीको रुपमा अभिनेत्री नीता ढुङ्गानाले साथमा रहेकी छन् ।
निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतिको कथा देखाइएको छ । भिडियोमा हरि हुमागाइँको छायाङ्कन र विकास धमलाको सम्पादन छ ।
गायक रौनियारका छ भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीत हिट छन् ।


